गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी हटाउने

 माघ ६, २०७९ शुक्रबार १८:१५:३७ | एजेन्सी
unn.prixa.net

गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले आज १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको हो ।

अल्फाबेटका सीईओ सुन्दर पिचाईले खस्कँदै गएको आर्थिक अवस्थाका कारण १२ हजार पद घटाउने भन्दै कर्मचारीहरूलाई पत्र पठाएका समाचार एजेन्सी एएफपीले जनाएको छ ।

कम्पनीकाे याे निर्णयबाट अमेरिका लगायत अन्य देश प्रभावित हुनसक्ने  एएफपीमा उल्लेख छ । अरु देशहरूमा भने यो प्रक्रिया पूरा हुन केही समय लाग्ने भएकाे छ । 

केही दिनअघि मात्र माइक्रोसफ्टले पनि १० हजार जनालाई जागिरबाट हटाएको घाेषणा गरेकाे थियाे । मेटा, ट्वीटर लगायतका कम्पनीले ठूलो सङ्ख्यामा आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । जसका कारण थुप्रैले रोजगारी गुमाउन परेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया