बुर्किनाफासोमा जिहादी समूहकाे आक्रमणमा परि १८ जनाको ज्यान गयाे

 माघ ७, २०७९ शनिबार ७:२२:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बुर्किनाफासोमा जिहादी समूहले दुई छुट्टाछुट्टै आक्रमण गरेको छ । ती घटनामा परि सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको ज्यान गएको छ ।

बुर्किनाफासोको उत्तर र उत्तरपश्चिममा सेनालाई सहयोग गर्ने एक नागरिक समूहमाथि आक्रमण भएको हो । पश्चिम अफ्रिकाको भूपरिवेष्ठित देश बुर्किनाफासो गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर देशमध्ये एक हो । त्यहाँ द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ भने झण्डै २० लाख मानिस विस्थापित भएका छन् ।

उत्तरी प्रान्त बामामा बिहीवार पनि आक्रमणको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई वटा आक्रमणमा भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन भने बाँकी नै छ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया