सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिबाना

 माघ ७, २०७९ शनिबार ७:५९:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना गरिएको छ ।

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत माग्नुभएको छ । उहाँले जरिबाना तिर्ने बताउनुभएको खबरमा उल्लेख छ ।  सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिबाना तिराउने गरिन्छ । यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ । 

सुनकले सरकारमा रहँदा निश्चित जरिबानाको सूचना पाएको यो दोस्रो पटक हो । यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उहाँलाई जरिबाना गरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Suresh Tamang

    Jan. 21, 2023, 7:39 p.m.

    उता प्रम होस वा सामान्य नागरिक जो भएपनि कानूनको नजरमा सबै बराबर हुन्छन् । तर यता भए ति प्रहरी कर्मचारीको जागीर जान्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया