बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै दबाब आउन थाल्यो : अध्यक्ष केसी

 माघ ७, २०७९ शनिबार १५:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले बैंकको कर्जाको ब्याजदर नतिर्ने भन्दै समूह बनाएर बैंकहरुलाई दबाब आउन थालेको बताउनुभएको छ ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंकहरुबाट लिएको कर्जाको ब्याजदर तिर्न नसक्ने भन्दै  दबाब समूह बनाएर दबाब दिने प्रवृत्ति बढेको बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रलाई यस्तो दबाब आउँदा भोलिको दिन बैंकिङ क्षेत्रमा अफ्ठ्यारो पर्ने बताउनु भयो । उहाँले वार्षिक रुपमा ३१ अर्ब भन्दा बढी रुपैयाँ योगदान पनि दिएको दबाबको बैंकर्स संघले घोर बिरोध गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गएकाे वर्षदेखि नेपाल राष्ट्र बैंकको विभिन्न नीतिको कारण चुनौतीकाबीच पनि नेपालको बैंकिङ र देशको अर्थतन्त्रको अवस्था केही सुधारउन्मुख भइरहेको अवस्था हो । आज नेपालको बैंकिङ उद्योग दक्षिण एशियाको एक मात्रै राम्रो उद्योगको रुपमा अगाडि आएको छ । तर यसरी भनिरहँदा पछिल्लो समय यता बैंकहरुलाई दबाब दिने समूह बनाएर कर्जाको ब्याजदर तिर्नुपर्दैन भन्ने प्रवृति बढेको छ । यो निकै अफ्ठ्यारो हो । नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको बैंकिङ क्षेत्रले गत वर्ष मात्रै ३१ अर्ब रुपैयाँ कर तिरेका छौं । यसरी योगदान गर्दा पनि दबाब समूह बनाउँदो भोलिका दिनमा अफ्ठ्यारो अवस्था आउनसक्छ । यसको बैंकर्स संघले घोर विरोध गर्दछौं ।’

उहाँले कसैले निक्षेप राखेको उसले राखेको निक्षेपबाट कर्जा लिएर कर्जाको ब्याज नतिर्ने भनेर बाहिरबाट दबाब दिनु राम्रो प्रवृति नभएको बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Dinesh Rai

    Jan. 21, 2023, 6:35 p.m.

    ल्याम्म ब्याज लिने अनि तिरेन भनेर उठिबास लगाउने समानताको ब्यावहार खोइ

  •  0 Reply

तपाईको प्रतिक्रिया