तिब्बतमा हिमपहिरोमा परी २८ जनाको ज्यान गयो

 माघ ७, २०७९ शनिबार १५:४०:० | एजेन्सी
unn.prixa.net

चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको ज्यान गएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्हवाले जनाएको छ ।  

हिमपहिरोपछि काउन्टीलाई नइङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग बन्द भएको थियो । बाटो बन्द हुँदा गाडी तथा यात्रुहरु बाटोमै रोकिएका थिए । अहिले बाटोमा फसेका सबैको उद्धार सकिएको सिन्ह्वाले जनाएको छ ।

हिमपहिरो गएको क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।   
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया