आजको मौसम सफा, भोलि रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

 माघ ८, २०७९ आइतबार ७:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ ।

तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

यो प्रणालीको प्रभाव पर्सिसम्म नै पर्ने मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने उहाँले बताउनुभयो । यसपालिको हिउँदमा अहिलेसम्म पानी परेको छैन । यसले सुक्खापन बढाएको छ भने हिउँदो कृषि बालीमा पनि असर परेको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया