ब्राजिलका सेना प्रमुख जुलियो बर्खास्त : राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोप

 माघ ८, २०७९ आइतबार ९:३:४६ | एजेन्सी
unn.prixa.net

ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त हुनुभएको छ । ब्राजिलको सशस्त्र बलको आधिकारिक वेबसाइटले जनरल जुलियोलाई सेनाको प्रमुखबाट हटाइएको जनाएको छ ।

ब्राजिलमा गएको जनवरी ८ तारिखमा संसद् भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतसहित सरकारी कार्यालयमा तोडफोड भएको थियो । यो घटनामा प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख जुलियोलाई बर्खास्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ ।

गएको डिसेम्बर ३० तारिखमा सेनाको कमाण्ड सम्हालेका उहाँ तीन हप्तामै पदबाट बाहिरिनुभएको छ । ब्राजिलको सर्वोच्च अदालतले संसद् भवनमाथिको आक्रमणको बारेमा छानबिन गरिरहेको छ । जसमा पूर्वराष्ट्रपति बोल्सो नारोलाई मुख्य योजनाकार मानिएको छ ।

ब्राजिलमा गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै बोल्सो नारोका समर्थकले प्रदर्शन गर्दै आएका छन् । लुलाले जनवरी १ तारिखमा पदभार ग्रहण गरेपछि कम्तीमा १ सय ४० सैन्य अधिकारीलाई बर्खास्त गरिएको छ ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया