भारतमा गणतन्त्र दिवसको तयारी, आज दिल्लीमा परेड प्रदर्शनका लागि रिहर्सल हुँदै

 माघ ९, २०७९ सोमबार ९:४९:४४ | एजेन्सी
unn.prixa.net

गणतन्त्र दिवस भव्यताका साथ मनाउन भारतले तयारी थालेको छ  । तयारी स्वरुप आज दिल्लीमा परेड प्रदर्शनका लागि रिहर्सल हुँदैछ ।

दिल्ली ट्राफिक प्रहरीले बिहान ९ बजेपछि परेड नसकिएसम्म राजधानीका कुनै पनि सीमा क्षेत्रबाट ठूला र हेभी गाडीलाई प्रवेशमा निषेध गरेको छ । भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो ।

संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मानउँदै आएको छ । यो वर्ष भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै छ ।

ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया