पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द, जनजीवन प्रभावित

 माघ ९, २०७९ सोमबार १४:४४:४१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ ।

अहिले पनि सबैभन्दा ठूलो सहर कराँची, राजधानी इस्लामावाद लगायत लाहोर, पेशावर लगायतका सहरमा विद्युत् सेवा बन्द रहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानको बिजुली वितरण प्रणाली नाजुक र जोखिमपूर्ण रहेको कारण ग्रिडको एक भागमा आएको समस्याले देशभरी सेवा बन्द गर्नुपर्ने अवस्था रहेको खबरमा उल्लेख छ ।

पछिल्लो दुई वर्षमा देशभर तीन घण्टाभन्दा धेरै समय विद्युत् सेवा बन्द भएको आज दोस्रोपटक हो । यसैबीच संसद भवनमा विद्युत् आपूर्ति बन्द भएपछि पाकिस्तानको राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरेको बीबीसीले जनाएको छ ।

सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गर्दै आज बेलुका ४ बजेदेखि बुधवार बिहान ११ बजेसम्मका लागि हुने सबै बैठकहरू स्थगित गर्नुभएको छ ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया