जन्मदर घटेर देशले काम गर्न नसक्ने अवस्थामा पुग्न लाग्यो – जापानी प्रधानमन्त्री

 माघ ९, २०७९ सोमबार २०:५:५१ | एजेन्सी
unn.prixa.net

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले घट्दो जन्मदरका कारण देशले काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको बताउनुभएको छ ।

संसदमा आफ्नो नीतिगत मन्तव्य दिदै प्रधानमन्त्री किशिदाले जन्मदर घटिरहेको कारण देशले एउटा समाजको रूपमा काम गर्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै त्यसको सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताउनुभएको बीबीसीले जनाएको छ ।

झण्डै १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा गएको वर्ष आठ लाखभन्दा कम बच्चा जन्मिएको तथ्याङ्क छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए ।

जापानको औसत आयु भने बढिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्नु र उनीहरूलाई सहयोग गर्नेहरूको सङ्ख्या घट्नुले समस्या बढिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताउनुभयो । यसअघि पनि जापान सरकारले बच्चा जन्माउन लगाउन विभिन्न कार्यक्रम अघि सारे पनि प्रयासहरू सफल भएका छैनन् ।   

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया