सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६ हजारभन्दा धेरै

 माघ १०, २०७९ मंगलबार ११:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ ।

आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ३ सय रुपैयाँ थियो  ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग र कारोबार बढेकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि २०७८ साल फागुन २५ गते सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएकाे थियो । त्यतिबेला सुन तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको थियो  । त्यसयता भने बिस्तारै घटेको सुनको भाउ फेरि बढेको हो ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया