दाङमा ८० वर्षिया वृद्धा मृत फेला

 माघ १०, २०७९ मंगलबार १७:१७:२२ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ – दाङमा ८० वर्षिया वृद्धा मृत फेला परेकी छन् । मङ्गलवार बिहान इनारबाट पानी तान्ने क्रममा खसेर तुलसीपुर उपमहानगरपालिका १७ निमुवा निवासी ८० वर्षिया चित्रादेवी बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक लडेर इनारमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया