डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा, फेसबुक र इन्स्टाग्राम चलाउन पाउने

 माघ १२, २०७९ बिहीबार १०:३८:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउनुहुने भएको छ । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ ।

मेटाका उच्च अधिकारी निक क्लेगले नागरिकले उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने जान्न पाउनुपर्ने बताउनुभएको छ । सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।

ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएको क्लेगलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।

नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को जनवरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो । तर गएकाे नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताउनुभएको थियो । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्किनुभएको छैन ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया