जासुसीको आरोपमा पक्राउ परेका चिनियाँ इञ्जीनियरलाई अमेरिकामा जेल सजाय

 माघ १३, २०७९ शुक्रबार ७:२२:१७ | एजेन्सी
unn.prixa.net

चिनियाँ एक इञ्जीनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि सजाय सुनाइएको हो । ती आठै जनाले चीन वा ताइवानबाट अमेरिका गएर पछि अमेरिकाको अङ्गीकृत नागरिकता लिएका थिए ।

जीले चीनको एउटा गुप्तचर निकायको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको दाबी छ । उनी सन् २०१८ को सेप्टेम्बरमा पक्राउ परेका थिए । ३१ वर्षका जीलाई सिकागोमा दुई हप्ता लामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झुटो बयान दिएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया