आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

 माघ १३, २०७९ शुक्रबार ११:५६:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका र सहयोगी देशका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।

सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानीमा कारबाही गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

सुडानीले अफ्रिकी देश तथा अफगानिस्तानमा आईएस गतिविधिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिकाको दाबी छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया