रुसद्वारा पूर्वी युक्रेनको आवास क्षेत्रमा आक्रमण : तीन जनाको ज्यान गयाे

 माघ १५, २०७९ आइतबार ११:४२:१२ | एजेन्सी
unn.prixa.net

पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रुसी आक्रमणमा परि तीन जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । डोनेट्स्कका क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले दिएको जानकारी अनुसार रुसी पक्षबाट आवास क्षेत्रमा गोली हानिएको थियो । बहुतले ४ वटा भवन, एउटा होटल र ग्यारेजमा पनि क्षति भएको छ ।

गएको फेब्रुअरी २४ देखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको रुसले सम्पूर्ण डोनेट्स्क क्षेत्रलाई आफ्नो पकडमा लिने प्रयास गरिरहेको छ । त्यसक्षेत्रलाई रुसले आफ्नो हिस्साका रुपमा घोषणा गरिसकेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेट्स्क क्षेत्रमा ‘अत्यन्तै गम्भीर’ अवस्था रहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया