शेयर बजार साढे १४ अङ्कले घट्यो, ३ अर्ब रुपैयाँको कारोबार

 माघ १५, २०७९ आइतबार १५:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६८ अङ्कले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज होटल र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजार घटेकाे दिन दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता शेयर तीन अर्ब एक करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको १० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको नौ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज समृद्धि फाइनान्स, एचआईडीसीएल र सिभिल लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्सुरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्सुरेन्स र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया