गौशालामा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

 माघ १६, २०७९ सोमबार ८:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको ज्यान गएको छ ।

मगरको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पतालमा गएराति पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसाे प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बस्नु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया