सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना : अन्य प्रदेशमा घाम लाग्ने

 माघ १६, २०७९ सोमबार ८:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

अन्य प्रदेशको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । पानी नपर्दा माघ महिनाको मध्यमै गर्मी बढेको छ । देशका धेरै ठाउँमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी छ । घाम चर्किन थालेसँगै तापक्रम पनि बढ्न थालेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया