आज पनि बढ्यो सुनको भाउ,  तोलामा १ लाख ६ हजारभन्दा धेरै

 माघ १६, २०७९ सोमबार ११:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज पनि बढेको छ । तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया