भारतीय व्यापारी अडानीको सम्पत्ति ५ दिनमै झन्डै ४१ खर्ब भारतीय रुपैयाँ घट्यो

 माघ १६, २०७९ सोमबार १५:१३:२९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय व्यापारी गौतम अडानीले गएकाे पाँच दिनमा झन्डै ४१ खर्ब भारतीय रुपैयाँ गुमाउनुभएको छ । अमेरिकी रिसर्च ऐजेन्सी हिन्डनबर्गको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको पाँच दिनमा अडानीले ५० बिलियन अमेरिकी डलर अर्थात् ४० खर्ब ८० अर्ब भारतीय रुपैयाँभन्दा धेरै सम्पत्ति गुमाउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकाको हिन्डनबर्ग रिसर्चले कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे भन्ने शीर्षकमा गएको बुधवार एउटा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । हिन्डनबर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान नवौँ नम्बरमा झरेका छन् ।

फोर्ब्सकाे तथ्याङ्कअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति एक्कासी बढेको थियो । हिन्डनबर्गले अडानी कम्पनीको शेयर मूल्य वास्तविकभन्दा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । अडानी ग्रुप आफैँले शेयर मूल्य बढाएको हिन्डनबर्गको आरोप छ ।

यसैबीच अडानी समूहले हिन्डनबर्गको रिपोर्टलाई योजना बनाएर आफूहरूको छविलाई बिगार्ने काम भएको प्रतिक्रिया दिएको छ । चार सय १३ पेजको रिपोर्टमा जवाफ दिँदै अडानी समूहले भारतमाथि आक्रमण भएको जनाएको छ । यसको जवाफमा हिन्डनबर्गले राष्ट्रवादको सहारा धोकामाथि पर्दा हाल्न नसकिने जनाएको छ । हिन्डनबर्गले आफ्नो रिपोर्ट शतप्रतिशत सत्य रहेको र कानुनीरूपमा रक्षा गर्नसमेत तयार रहेको बताएको बीबीसीले जनाएको छ ।

हिन्डनबर्गको प्रतिवेदन आएपछि अडानी समूहअन्तर्गतका कम्पनीमात्र नभएर भारतको बीमा तथा बैंकको शेयर मूल्यसमेत घटेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया