पाकिस्तान : विस्फाेटमा ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, १ सय ५० जना घाइते

 माघ १६, २०७९ सोमबार १८:३०:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानकाे पेशावर सहरमा एक मस्जिदमा बम विस्फाेटमा परेर ज्यान गुमाउनेकाे सङ्ख्या ३२ जना पुगेकाे छ । विस्फाेटमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएकाे छ । 

स्थानीय समयअनुसार सोमवार दिउँसो साढे १ बजेतिर मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको विस्फोट भएको हो । ज्यान गुमाउनेमा केही प्रहरीसमेत रहेका छन् ।

विस्फाेटका कारण भवनको एउटा भाग ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा पुरिएका अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएकाे छ । 

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया