अस्ट्रेलियाकाे स्याहार केन्द्रमा वृद्धालाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

 माघ १६, २०७९ सोमबार १९:२८:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : नाइन न्युज

वृद्धामाथि हातपात गरेको आरोपमा अस्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले जनाएको छ । पाण्डेले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सियाबाट पीडित जोन मुरे वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएको खबरमा उल्लेख छ ।

पक्राउ परेकी पाण्डेलाई आउँदाे मार्चमा सजाय सुनाइने छ । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया