पाकिस्तान : मस्जिदमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९२ पुग्यो

 माघ १७, २०७९ मंगलबार १६:२२:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

पाकिस्तानको पेशावर सहरमा एक मस्जिदमा बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ । मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलवार अझै शवहरू निकाल्ने क्रम चलिरहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।   

अहिले पेशावर लेडी रिडिङ अस्पतालमा ५७ जना घाइतेकाे उपचार चलिरहेकाे छ । एक सय ५७ जना घाइतेलाई अस्पताल ल्याइएकाेमा धेरैजसाेलाई उपचारपछि घर पठाइएकाे छ । 

प्रान्तीय राजधानी पेशावरमा सोमवार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणहरू लगातार बढिरहेको छ । मङ्गलवार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भन्नुभयो, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ , मैले बाँच्नका लागि सबै आशा गुमाएँको थिए ।’ 

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले ज्यान गुमाउनेमा धेरैजसो प्रहरी रहेका र जसमध्ये चार सय जना मस्जिदको कम्पाउन्डमा प्रार्थनाका लागि भेला भएका बताउनुभएको छ ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया