पश्चिमी न्यून चापीय प्रणाली कमजोर, धेरै ठाउँको मौसम सामान्यतया सफा

 माघ १८, २०७९ बुधबार ७:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई/तीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो ।

अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो दिउँसो भने पारिलो घाम लागेको थियो । पारिलो घाम लागेसँगै काठमाण्डौको अधिकतम तापक्रम बढेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस पुगेको मापन गरिएको छ । 
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया