राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी

 माघ १८, २०७९ बुधबार १७:५३:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिनुभएको हो ।

रवि लामिछानेकाे नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेकाले त्यही नागरिकता प्रयोग गरेर खोलेको पार्टी पनि खारेज गर्नुपर्ने निवेदककाे दाबी छ । यसअघि रवि लामिछानेको नागरिकता विवादमा पनि पौडेल लगायतले नै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यस्तै पौडेलले यसअघि अध्यागमन विभाग र प्रहरी परिसर काठमाण्डाैमा पनि अमेरिकाको नागरिकता त्याग्नुअघि नेपाली राहदानी लिएको मुद्दामा रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै निवेदन दिनुभएको भए पनि दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया