बाँकेमा बसले कारलाई ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे
जेठ १६, २०८० मंगलबार
काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रिकेटर सन्दीप लामिछानेकाे निलम्बन फुकुवाकाे विषयमा क्यानले हतारमा निर्णय गरेकाे बताउनु भएकाे छ ।
सामाजिक सञ्जाल फेसबुक, ट्विटर मार्फत् थापाले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा लामिछानेकाे निलम्बन फुकुवा गरी राष्ट्रिय टिममा फर्काएकाे बताउनु भएकाे हाे । साथै उहाँले क्यानले गलत गरेकाले तत्काल निर्णय फिर्ता लिन माग गर्नुभएकाे छ ।
अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा उहाँले आफ्नाे धारणा राख्दै लेख्नुभएकाे छ ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।'
उहाँले एक हप्ताअघि सन्दीपकाे निलम्बन फुकुवा सम्बन्धमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग आग्रह गरेकाे बताउनु भएकाे छ ।
'एक साताअघि नै यो प्रसङ्ग आउनसाथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन' उहाँले लेख्नुभएकाे छ ।