हङकङ र मकाउबाट चीनमा आवतजावत पूर्णरूपमा खुला

 माघ २१, २०७९ शनिबार ९:११:४६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

हङकङ र मकाउका बासिन्दाका लागि चीन आउजाउ पूर्णरूपमा खुला भएको छ । चीनले पर्सि सोमवारदेखि दुई देशबाट हुने सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो ।

कोरोना महामारीका कारण झण्डै तीन वर्षदेखि यी देशबाट हुने आवतजावत बन्द रहेको थियो । अब हङकङ र मकाउका बासिन्दाको आवतजावतमा लागेको प्रतिबन्ध हटेको समाचार संस्था एएफपीले जनाएको छ । यो निर्णयपछि व्यापार, व्यवसाय र पर्यटनमा टेवा पुग्नुका साथै तीन वर्षदेखि हुन नसकेको पारिवारिक भेटघाट सहज हुने भएको छ ।

कोरोना महामारी अघि सन् २०१८ मा पाँच करोड १० लाख चिनियाँले हङकङको भ्रमण गरेका थिए । चीनले गएको महिना शून्य कोभिड नीति खारेज गरेको थियो । त्यसपछि कोरोना सङ्क्रमण नभएको प्रमाणका आधारमा दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिएको थियो । तर अब आवतजावत पूर्ण रुपमा सहज हुने भएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया