प्रधानमन्त्री प्रचण्डद्वारा चितवनका किसानकाे माग सम्बोधन गर्न निर्देशन

 माघ २१, २०७९ शनिबार ११:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेकाे विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानकाे माग सम्बाेधनको लागि आवश्यक पहल गर्न निर्देशन दिनुभएकाे हाे । हिजाे शुक्रवार चितवनका किसानहरूले उचित मूल्य नपाएको भन्दै तरकारी र अन्य कृषिजन्य उत्पादन सडकमा फालेका थिए ।

चिवतनमै रहनुभएका मन्त्री साहलाई प्रधानमन्त्रीले किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको छ ।

कृषिमन्त्रीले किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्नेसमेत प्रधानमन्त्रीको तयारी छ।  

अन्तिम अपडेट: चैत २४, २०८०

1 Comments

  • Deepak

    Feb. 4, 2023, 12:59 p.m.

    Nepal ma bajar ko abhav gaoun ghrma bhayka fruit sabji dudh anda mazha Janney bustu ko thik bajar ko Kami xa Bharat bata aayeka fal fruit sabji derai nai aayat bhayoko xa nepalma utpadan saman le ramro bajar n bhaunu yo hamro bidamna ho

  •  0 Reply

तपाईको प्रतिक्रिया