सोलुखुम्बु : नेलेका अग्नि पीडितलाई ५८ लाख रुपैयाँ सहयाेग प्राप्त

 माघ २१, २०७९ शनिबार १३:३६:२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका अग्नि पीडित परिवारलाई ५८ लाख रुपैयाँ भन्दा धरै सहयोग प्राप्त भएको छ ।

अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम एक कार्यक्रमकाबीच पीडित परिवारलाई हस्तान्तरण गरेको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

पीडितहरुले क्षतिको आधारमा एउटा घर परिवारले बढीमा १२ लाख ८७  हजार आठ सय देखि कम्तीमा १३ हजार आठ सय रुपैयाँसम्म पाएका छन् । गएको पुस ५ गते दिउँसो भएको आगलागीमा चार वटा घर जलेर पूर्णरुपमा नष्ट भएका थिए भने अरु केही घरमा क्षति पुगेको थियो । घर जल्दा ती घरमा कोठा भाडामा लिएर बस्नेहरु पनि पीडित भएका थिए ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया