माओवादीकी उर्मिला अर्याल निर्विराेध निर्वाचित हुने सम्भावना, कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने

 माघ २२, २०७९ आइतबार ११:३२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध हुने सम्भावना छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने र  माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान भने भोलि हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ ।

सत्तारूढ  दल एमालेका  १६,  माओवादी  केन्द्रका  १५  गरी  ३१  जना  राष्ट्रिय सभा सदस्य छन् । प्रतिपक्षी दल कांग्रेसका  १०,  एकीकृत  समाजवादीका  आठ,  जनता  समाजवादी  पार्टी  नेपालका  तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदका लागि माघ २५ गते उपचुनाव हुँदैछ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया