राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालकाे उम्मेदवारी

 माघ २२, २०७९ आइतबार १४:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिनुभएको छ । उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि साेमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ ।

पूर्वमन्त्रीसमेत रहनुभएकी अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षको रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आफूले कार्यसम्पादन गर्दा दलीय गन्ध आउन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।राष्ट्रिय सभालाई अझै गरिमामय बनाउने र सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने उहाँकाे भनाइ छ ।

माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया