याे सरकारका प्रधानमन्त्री ओली नै हुन् : चित्रबहादुर केसी

 माघ २२, २०७९ आइतबार १६:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको टिप्पणी गर्नुभएकाे छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद केसीले ओलीका सबै भनाइहरू सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतङ्कित भएको बताउनुभयो । ओलीका कुराहरू गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक रहेको सांसद केसीले जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘मैले के निष्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ (ओली) नै हो । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक छ ।’

सांसद केसीले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरूलाई पनि बोल्ने समय तोक्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया