आईएमई पेको 'मन्थ अफ लभ' अफर सार्वजनिक

 माघ २३, २०७९ सोमबार ११:३३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे ले 'मन्थ अफ लभ अफर' ल्याएको छ । अफर अनुसार आईएमई पे एपमा कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपछि पाँच जनाले सामसुङ स्मार्टफोन जित्ने सक्नेछन् । 

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसैअनुसार गरिएको आईएमई पे ले जनाएकाे छ ।  अफर यहीँ फेब्रुवरी ३ बाट सुरु भइ २०२३ फेब्रुवरीभरि रहने छ । यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजमार्फत् विजेताहरुको घोषणा हुने कम्पनीले जनाएकाे छ । 

नेपाली नागरिकहरूलाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन अफर ल्याइएकाे कम्पनीले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ३, २०८०

तपाईको प्रतिक्रिया