टर्कीमा भूकम्पमा परि एक सय जनाको ज्यान गयो, सङ्कटकाल घोषणा

 माघ २३, २०७९ सोमबार ११:१:१ | एजेन्सी
unn.prixa.net

टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परेर एक सय जनाको ज्यान गएको छ । टर्कीको मलाट्यामा मात्रै २३ जनाकाे ज्यान गएकाे पुष्टि भएको छ । टर्कीको विपद् व्यवस्थापन सम्बन्धी निकायले ७६ जनाको ज्यान गएको र ४ सय ४० जनाभन्दा धेरै घाइते भएका जनाएको छ ।

सिरियामा मात्रै ४२ जनाको ज्यान गएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । टर्कीका अधिकारीहरुका अनुसार कयौँ मानिस भग्नावशेषहरुमा फसिरहेका छन् । यसले गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पका कारण कयौँ घरहरु भत्किएका बीबीसीले जनाएको छ ।

उद्धारकर्ताहरुले खोज तथा उद्धारको काम गरिरहेका छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमन सोयलुका अनुसार भूकम्पबाट १० वटा सहरमा असर परेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ  । भूकम्प पछि परकम्प पनि गइरहेको टर्कीका अधिकारीले जनाएका छन् । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयम एर्डोआनले जतिसक्दो छिटो उद्धार गर्ने प्रयास भइरहेको बताउनु भएको छ । उहाँले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताउनु भएको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया