टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

 माघ २३, २०७९ सोमबार १५:१:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको छ । आज साेमवार बिहान टर्कीको दक्षिणी क्षेत्रमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या पाँच सय जना नाघेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म टर्कीमा दुई सय ८४ र सिरियामा दुई सय ३७ जना गरी पाँच सय ११ जनाको ज्यान गएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । भूकम्पले भवनलगायतका संरचना भत्किँदा टर्कीमा मात्रै दुई हजार तीन सय जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पले भत्किएका भवनमा खोजी र उद्धार कार्य चलिरहेकोले ज्यान गुमाउने र घाइतेको सङ्ख्या बढ्न सक्ने टर्कीका उपराष्ट्रपति फौट अक्टेलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । सिरियाली अधिकारीहरूले पनि घाइतेको सङ्ख्या बढिरहेको र अस्पतालहरूमा चाप बढेकाेले उपचारमै कठिनाइ आएको बताएका अल जजिराले जनाएको छ ।

भूकम्पबाट लाखौँ मानिस प्रभावित भएका छन् । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको बीबीसीको खबरमा उल्लेख छ । भूकम्पपछि परकम्पहरू गइरहेका टर्कीका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया