शेयर बजार साढे चार अङ्कले बढ्यो, एक अर्ब ४७ करोड रुपैयाँको कारोबार

 माघ २३, २०७९ सोमबार १५:१९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५९ वटा कम्पनीका ३९ लाख २२ हजार कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आदर्श लघुवित्तको शेयर १० प्रतिशत र मिथिला लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बाराही हाइड्रो पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया