राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

 माघ २३, २०७९ सोमबार १७:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमवार बसेको बैठकमा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट पेस गर्नुभएको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित भयाे ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले पेस गर्नुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रवार बेलुकि ५ बजेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया