सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
ललितपुर – धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डमा बसेर आफूले वित्तीयरूपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।
सोमवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले बोर्डको अध्यक्ष भएर आएको ११ महिनामा बाहिर बजारमा हल्ला आएजस्तो आफूले वित्तीयरूपमा कुनै गल्ती नगरेको दाबी गर्नुभएको हो । उहाँले आफूले धितोपत्र बोर्डमा सुधारका तत्काल धेरै काम सुरु गरेपछि चौतर्फी आक्रमण गरी चरित्रहत्या गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले नागरिकताको सवालमा आफूसँग नेपालबाहेक अन्य कुनै पनि देशको नागरिकता, स्थायी बसोबास अनुमतिजस्ता कागजात नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई धेराबन्दी गर्न खोजिएको छ । बोर्डको अध्यक्ष भएर आएसँगै बोर्डले गरेका कामको तीव्रतालाई देखेर मेरो चरित्रहत्या गर्न खोजिएको हो । मेरोमात्र होइन, परिवारका कसैको पनि विदेशी नागरिकता छैन ।’
अध्यक्ष हमालले समयमा नै विवरण नबुझाउने संस्थाहरूलाई तत्काल कारबाही गर्ने बताउनुभयो । उहाँले जे गरे पनि बाेर्डले कुनै कारबाही गर्दैन भने परम्परालाई तोड्दै कारबाही गर्ने थिति अपनाएको बताउनुभयो । लगानीकर्ताको हितका लागि बोर्ड जस्तोसुकै साहसिक निर्णय लिन तयार रहेको उहाँले दाबी गर्नुभयाे ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठले नयाँ अध्यक्ष आएको १० महिनामा ३८ वटा संस्थाले साधारण शेयर आईपीओ निष्कासन अनुमति पाएको बताउनुभयो । उहाँले बोर्डले प्रत्येक महिनाको चार वटा कम्पनीको दरले आईपीओ निष्कासन अनुमति पाइरहेको बताउनुभयो ।