आजको मौसम आंशिकदेखि सामान्य बदली, भोलिदेखि सफा हुने

 माघ २४, २०७९ मंगलबार ६:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धेरै ठाउँको मौसम आज आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ।

यही प्रणालीको प्रभावका कारण चिसो हावासमेत चल्न थालेको छ । तर, पानी पर्ने सम्भावना भने तत्काललाई नरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार भोलिदेखि मौसम सफा हुने अनुमान छ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया