तराईमा बाक्लो हुस्सु, चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित

 माघ २४, २०७९ मंगलबार ११:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - तराई मधेसमा बाक्लो हुस्सुसँगै चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित भएको छ ।  केही दिनयता बढेको बाक्लो हुस्सु र चिसो स्याँठले विपन्न परिवार बढी प्रभावित भएको छ । यो महिनाको पहिलो हप्ता हुस्सु हटेर घाम लाग्न थाले पनि केही समययता फेरि बाक्लो हुस्सु लाग्ने गरेको छ ।

दिनभरि जस्तो नै  हुस्सु लाग्दा तराईमा चिसो बढेको छ । पश्चिम तराईका केही ठाउँमा दिउँसो घाम लाग्ने गरे पनि मध्य र पूर्वी तराईमा जनजीवन कष्टकर बनेको छ । मौसमविद् गोविन्द झाका अनुसार पश्चिमी वायुको प्रभावका कारण तराईका जिल्लासहित देशभर नै चिसो हावा चलिरहेको छ । उहाँका अनुसार तराई मधेसका जिल्लामा अबको केही दिन पनि मौसम यस्तै रहने अनुमान छ । केही दिन अझै पश्चिमी वायुको प्रभाव नै रहने भएकाले मौसम खुल्ने र घाम लाग्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

बाक्लो हुस्सु लाग्न्ने भएकाले गाडी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।  डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम मानिन्छ । यो अवधिमा हुस्सु कुहिरो लाग्नु र चिसो हावा चल्नुलाई सामान्य नै मान्नु पर्ने उहाँको भनाइ छ ।

तराई मधेस बाहेकका ठाउँमा भने भोलिदेखि मौसम सुधार हुने अनुमान छ । आज हिजो जस्तै पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । तर, तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया