रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क...
चैत ११, २०७९ शनिबार
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामै गाडी मर्मत तथा इन्धनमा ५ लाख रुपैयाँ खर्च गरेको छ । सडक सञ्जालले जोड्न बाँकी रहेको यस गाउँपालिकाले गाडी मर्मत तथा इन्धन शीर्षकमा ६ महिनामै करिब ५ लाख रुपैयाँ खर्च गरेको हो।
खुम्बुको ५ वडा मध्ये वडा नम्बर १ बाहेक अन्य वडाहरुमा अहिलेसम्म सडक सञ्जाल पुग्न सकेको छैन् । तर पालिकाका जनप्रतिनिधिले इन्धन खर्च बापत ठूलो रकम खर्च गरेको पाइएको छ । पालिकाले बजेटमार्फत् नै एक वर्षका लागि इन्धन खर्चका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको तर ६ महिनामै सबै रकम खर्च भएपछि थप गर्नुपर्ने स्थिति देखिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईँले बताउनुभयो ।
यद्यपि पालिकाको गाडी भएको विषयमा वडाका अन्य जनप्रतिनिधिहरु भने अनविज्ञ छन् । प्रमुख प्रशासकीय अधिकृत चापागाईँले भने पालिकाको एउटा ल्याड क्रुजर गाडी काठमाण्डौमा सञ्चालन भइरहेकाले खर्च भएको बताउनु भयाे ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर १ मा रहेकाे थामडाँडासम्म मात्रै सडक ट्रयाक खुलेकाे भएको छ । सडक ट्रयाक ओपन कार्य भइरहेकाले पालिका केन्द्रसम्म सडक पुग्न समय लाग्ने गाउँपालिकाले जनाएको छ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।
hira gautam
Feb. 7, 2023, 6:12 p.m.पालिका दुर्गममा छ काम गर्न कति गार्हो छ ।