राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

 माघ २४, २०७९ मंगलबार १२:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उपस्थिति थियो । यस्तै, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा सञ्चारकर्मीको पनि सहभागिता थियो । 

उपाध्यक्ष अर्याल सोमवार हिजाे मात्रै उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँले आजै आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया