बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नाै वटा म्युचल फन्डको शेयर सामान्य घटेको छ, बाँकी सबै कम्पनीको शेयर बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।