टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ५ हजार नाघ्याे, ३ हजार जना विदेशी सैनिक उद्धारमा खटिए

 माघ २४, २०७९ मंगलबार १७:३४:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

सिरियाको सीमा नजिकै टर्कीमा हिजो साेमवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार जना नाघेको छ ।

टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । २० हजार जना घाइते भएका छन् । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएकाे जानकारी दिनुभएको छ । मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्धारको काम गर्नेछन् । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडित युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरूका कारण सहयोगी पुग्न सकिरहेका छैनन् । टर्की र सिरियाको सिमानामा हिजो ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ । उद्धारकर्मीले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया