भूकम्प प्रभावित सिरियामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब दिन इरानको आग्रह

 माघ २५, २०७९ बुधबार ९:७:४५ | एजेन्सी
unn.prixa.net

इरानले भूकम्प प्रभावित सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउन अमेरिकालाई विश्वव्यापी दबाब दिन आग्रह गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भूकम्प प्रभावित सिरियाली क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पुर्‍याउन सिरियामाथिको नाकाबन्दी र घेराबन्दी हटाउन अमेरिकालाई दबाब दिन विभिन्न देशहरूलाई आह्वान गर्नुभएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

सिरियाले बितेको एक दशकदेखि द्वन्द्वको सामना गरिरहेको छ । अमेरिकाले सिरियामाथि आर्थिक प्रतिबन्ध लगाएको छ । जसका कारण त्यहाँ आवश्यक सामान र अन्तर्राष्ट्रिय मानवीय सहायता पठाउन कठिन भइरहेको अन्तराष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन् ।

यसैबीच चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । साथै चीनको रेडक्रसले टर्की र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ ।

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले एक करोड र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गर्नुभएको थियो ।

सिरियाको सीमा नजिक टर्कीमा सोमवार गएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । खोजी र उद्धार कार्य चलिरहेको छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया