स्माटच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

 माघ २५, २०७९ बुधबार १२:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा प्रभु बैंकबीच ‘फास्ट बैंकिङ्ग सेवा’ संचालनको सम्झौता सम्पन्न भएको छ ।

‘फास्ट बैंकिङ सेवा’ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो । 

सम्झौता पश्चात प्रभु बैंकका ग्राहकहरुले ‘फास्ट बैंकिङ’को आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् भने यसलाई खुल्ला एपीआई मार्फत मोबाइल बैंकका थप सेवाहरुलाई बैंकिङमा जोड्न सकिन्छ । साथै फास्ट बैंकिङले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको भौतिक उपस्थिति तथा हातले गर्नुपर्ने काममा कटौती गरी सेवा छिटो, छरितो बनाउनेछ । 

गएको २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच भएको सम्झौताले डिजिटल भुक्तानीको क्षेत्रमा थप टेवा पुग्ने आशा गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया