युद्ध अभ्यास विस्तार गर्न उत्तर काेरियाली नेता किमकाे निर्देशन

 माघ २५, २०७९ बुधबार १३:३:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वाशिङटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता गर्दै उहाँले सुदृढ युद्ध तयारीका निम्ति निर्देशन दिनुभएको हो । 

क्षेप्यास्त्र परीक्षण र हतियार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपको शान्ति एवम् स्थायित्वलाई पहिलेदेखि नै उत्तेजक बनाएका उत्तर कोरियाली नेताले अतुलनीय शक्ति प्रदर्शन गर्न तथा विकासका नयाँ चरण खोल्न सशस्त्र सैन्य बललाई आदेश दिनुभएको देशको आधिकारिक समाचार समितिले जनाएको छ । 

उत्तर कोरियाले सैन्य परेडको योजना बनाइरहेका बेला याे बैठक भएको हो । आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमबाट नवीनतम शक्ति प्रदर्शन गर्ने प्योङयाङको तयारीले संयुक्त राज्य अमेरिका र एसिया–प्रशान्त क्षेत्रका उसका सहयोगीलाई थप चिन्तित बनाएको छ । 

नेता किमका शीर्ष सैन्य अधिकारीहरूको प्रतिनिधित्व रहेको आयोगका सदस्यहरूले सेनामा महान् परिवर्तन ल्याउने, युद्ध अभ्यासलाई निरन्तर विस्तार गर्ने र युद्धको तयारीलाई तीव्र गतिमा अघि बढाउनेबारेमा छलफल गरेका समितिले बताएको छ । बैठकमा सैन्य मामिलामा मौलिक सुधारका साथै त्यसको सुदृढीकरणमा जोड दिइएको थियो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया