कानुन नटेर्ने चार वटा बैंकलाई राष्ट्र बैंकले २ करोड रुपैयाँ जरिबाना तिरायो

 माघ २५, २०७९ बुधबार १४:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई दुई करोड रुपैयाँ जरिबाना तिराएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशिकाको उल्लङ्घन गरेकाले चार वटा बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरीवेक्षण विभागले जरिबाना तिराएको हो । प्रभु बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले कुल दुई करोड रुपैयाँ जरिबाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकका विभिन्न नीति नियम पालना नगरेको भन्दै माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिभिल बैंक, नबिल बैंक र प्रभु बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया