बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – हिजो मङ्गलवार उच्च अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १९ विन्दुमा झरेको छ ।
आज अन्यबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ५७ वटा कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता शेयर तीन अर्ब ६९ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै आदर्श लघुवित्त र पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्त कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।